विदेश

अमेरिकाद्वारा रुसी अधिकारी र व्यापारमाथि प्रतिबन्ध घोषणा

हिमालय टिभी
२०७७ फागुन १९ गते ७:४६
अमेरिकाद्वारा रुसी अधिकारी र व्यापारमाथि प्रतिबन्ध घोषणा

१९ फागुन २०७७ वाशिङ्गटन डिसी । अमेरिकाले रुसी अधिकारी र व्यापारविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ।

रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई विष दिएर हत्याको प्रयास गरेको तथा उनलाई जेलमा राखिएको भन्दै अमेरिकाले रुसका शीर्ष अधिकारी र व्यापारविरुद्ध प्रतिबन्ध लगाएको हो ।

अमेरिकाले रुसका सात शीर्ष अधिकारी तथा रसायन तथा बायोलोजिकल उत्पादन क्षेत्रका १४ फर्ममाथि प्रतिबन्ध लगाएको छ ।

यस्तै बाइडेन प्रशासनले अमेरिकी रसायन एवं जैविक शस्त्र नियन्त्रण तथा युद्ध उन्मूलन अधिनियम बमोजिम रुसमाथि १५ प्रकार व्यापार तथा उद्यममा पनि प्रतिबन्ध लगाएको छ ।

नाभाल्नीमाथि भएको आक्रमणले रुसले रासायनिक हतियारको प्रयोग गर्ने गम्भीर क्रमलाई देखाएको र त्यो चिन्ताजनक अमेरिकी अधिकारीको भनाइ छ । अमेरिकाले रुसका शीर्ष गुप्तचरसहितलाई निशाना बनाएर पहिलोपटक रुसविरुद्ध प्रतिबन्ध लगाएको छ ।

त्यस्तै बाइडेन प्रशासनले विपक्षी नेताविरुद्ध आक्रमण तथा अमेरिकी एजेन्सी र कारोबार ह्याक गरिएको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग संघर्ष गर्ने जनाएको छ ।

बाइडेन प्रशासनले रुसमाथि प्रतिबन्ध लगाउन युरोपेली संघसँग समन्वय गरेको छ। ईयूले नभाल्नी प्रकरणमा यसअघि नै रुसका केही अधिकारीलाई प्रतिबन्ध लगाइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *