Main News

जातीय विभेदः गाउँमा धेरै, सहरमा झनै यस्तो भयावह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १८ गते १७:५५
जातीय विभेदः गाउँमा धेरै, सहरमा झनै यस्तो भयावह (भिडियो रिपोर्टसहित)

१८ फागुन २०७७ काठमाडौं । समाजकै विभिन्न तह र तप्कामा जातीय भेदभावले जरा गाडेको छ । नेपालमा जातका आधारमा हुने विभेद भयावह छ । जातका आधारमा हुने विभेद अन्त्यका लागि सबैतिरबाट प्रयास गर्नुपर्ने खाँचो देखिएको छ ।

करुना विश्वकर्मा जस्ता धेरैले जातकै आधारमा भोग्नु परेको यो जस्तो विभेद, शिक्षित र सभ्य समाज मानिएको काठमाडौंमा धेरैले भोग्ने गरेका छन् । सभ्य र शिक्षित बर्गको बसोबास रहेको ठानिने काठमाडौंमा नै विभेद छ भने दूर दराजका गाउँमा अवस्था झन अप्ठेरो नहुने कुरै भएन ।

केहीदिन अघि महोत्तरीको बर्दिवास नगरपालिका ३ गौरीडाँडाको जनता माविका शिक्षक नेत्रबहादुर रम्तेलमाथि एक अभिभावकले जातीय दुर्व्यवहार गरेको सार्वजनिक भयो । दलित समुदायले यस्ता विभेदको अन्त्य चाहिरहेका छन् ।

समानताको खोजी गरिरहेका दलित समूदायलाई, आफ्नो घरभित्र किन पसाउने, मेरो घर मेरो अधिकार, छोएको किन खाने ? भन्ने जस्ता प्रश्न समाजमा उठ्ने गरेको छ । यो पनि एक प्रकारले विभेदकै रुप भएको अभियन्ता बताउँछन् ।

जातीय विभेदलाई कानूनले अपराध मानेको छ । र विभेद गर्नेलाई कारबाही गर्ने नियम कानून पनि छ । तर कानूनको कार्यान्वयन फितलो छ । विभेद न्यूनिकरणका लागि दोषीलाई कानूनी कठघारामा ल्याउनु महत्वपूर्ण कदम हुने राष्ट्रिय दलित आयोगको ठहर छ ।

जातका आधारमा गरिने विभेद अन्त्यका लागि गैर दलितको भूमिका झन महत्वपूर्ण हुन्छ ।

आर्थिक वर्ष २०७६–७७ मा राष्ट्रिय दलित आयोगमा जातीय विभेदसँग सम्वन्धित २५ वटा निवेदन परेको थियो । ति मध्ये अधिकांश अहिले छलफलमै सिमित छन् । यस्तो अवस्थामा दलित सम्वद्ध संघ संस्था र राज्यका निकायको भूमिका प्रभावकारी बनाउनुका साथै समाज पनि जागरुक हुनुपर्ने खाँचो देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *