Main News
मष्तिष्कघात भएका पूर्वमन्त्री जोशीको स्वास्थ्यमा उल्लेख्य सुधार
२०७७ फागुन १८ गते १७:०३
१८ फागुन २०७७ काठमाडौं । मष्तिष्कघात भई उपचार गराइरहेका पुर्व मन्त्री एवं कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ ।
थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको भेन्टिलेटरको सपोर्ट पनि कम गर्दै लगिएको छ । अस्पतालका अनुसार जोशीले आफै सास फेर्न थाल्नु भएको छ ।
यसअघि निकै कम रहेको उहाँको रक्तचाप पनि सामान्य अवस्थामा फर्किएको उपचारमा संलग्न न्यूरो सर्जन डा। राजीव झाले बताउनुभयो ।
नेता जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहे पनि खतरामुक्त भने भइनसकेको झाले जानकारी दिनुभयो ।
खतरामुक्त हुन ३ देखि ४ हप्तासम्म लाग्ने अस्पतालको स्वास्थ्य बुलेटिनमा उल्लेख छ ।
प्रतिक्रिया