Main News

आफूलाई एक अर्ब रुपैयाँ घुसको प्रलोभन आएको वनमन्त्री आलेको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १८ गते १६:४७
आफूलाई एक अर्ब रुपैयाँ घुसको प्रलोभन आएको वनमन्त्री आलेको दाबी (भिडियो रिपोर्टसहित)

१८ फागुन २०७७ झापा । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गर्ने आफ्नो निर्णय सही सावित गर्ने प्रयासमा वन मन्त्री प्रेम आले मगरले आफूलाई एक अर्ब रुपैयाँ घुसको प्रलोभन आएको दावी गर्नुभएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन समारोहमा वन मन्त्री आलेले घुसको विषय सार्वजनिक गर्नुभएको हो ।

घुसको अफर गर्नेहरु मन्त्रालयका बदमास कर्मचारी र काठ व्यवसायी भनेर प्रष्टै चिनेपनि मन्त्री आलेले कारवाही अघि बढाउनुभएन । यो भने आफैमा शंकास्पद छ ।

मन्त्री आलेले आफु सार्वजनिक लेखा समितिमा हुदा कैलाली कञ्चनपुर लगायतका ठाउँमा वैज्ञानिक वन कार्याक्रमका नाममा चुरेको दोहन भएको देखेपछि कार्यक्रम नै खारेज गर्न सिफारिस गरेको स्मरण गर्नुभयो ।

मन्त्री आलेले कुनै पनि किसिमका प्रलोभनमा नपरी देश र जनताको हितलाई मध्यनजर गरी काम गर्न पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *