Main News

प्रधानमन्त्रीद्वारा विपन्नका लागि निर्मित भवन हस्तान्तरण

हिमालय टिभी
२०७७ फागुन १८ गते १५:२०
प्रधानमन्त्रीद्वारा विपन्नका लागि निर्मित भवन हस्तान्तरण

१८ फागुन २०७७ झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न परिवारका लागि झापामा निर्माण गरिएको एकीकृत बस्ती हस्तान्तरण गर्नु भएको छ ।

बिर्तामोड नगरपालिका, ह्याविट्याट नेपाल र सहारा नेपालको साझेदारीमा निर्माण गरिएका ३७ वटा आवाससहित नमूना बस्ती प्रधानमन्त्री ओलीले लक्षित समुदायलाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले आवास नभएका जनताका लागि सरकारले यस्तै नमुना बस्ती बनाएर हस्तान्तरण गरिरहेको बताउनुभयो । हर्चना टुनटुनवारी नमुना आवास निर्माण उपभोक्ता समितिले २०७६ पुस देखि २०७७ मङ्सिर महिनाभित्र ३७ वटा आवास निर्माण गरेको हो ।

शौचालयसहित घर निर्माणमा प्रति घर चार लाख रुपैयाँ खर्च लागेको छ । जम्मा एक करोड ४० लाख लागतमा निर्माण भएको घरमा बिर्तामोड नगरपालिकाले ७० लाख र ह्याविट्याट नेपालको ७० लाख आर्थिक सहयोग परिचालन गरिएको छ ।

प्रधानमन्त्री ओलीले आजै बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *