विदेश

समुद्रमा भेटियो एउटा यस्तो विचित्रको माछा, लाग्यो घरमै किन्नेको भीड

हिमालय टिभी
२०७७ फागुन १८ गते ६:४२
समुद्रमा भेटियो एउटा यस्तो विचित्रको माछा, लाग्यो घरमै किन्नेको भीड

इन्डोनेसियामा ४८ वर्षीय माझी अब्दुल्ला नूरनले एउटा विचित्रको माछा समाते । यो एउटा शार्क माछाको बच्चा थियो । जसको अनुहार मानिससँग मिल्दोजुल्दो थियो ।

अब्दुल्लाको दाबीअनुसार उनले पूर्वी नुसा तेंगरा प्रान्तमा एउटा शार्क माछा समातेका थिए, जुन गर्भवती थियो । जब माछाको पेट चिरियो तब उनले तीन वटा बच्चा फेला पारे । तीनमध्ये दुई वटा त शार्ककै रुपमा थिए, तर एउटाको अनुहार भने मानिससँग मिल्दोजुल्दो थियो ।

अब्दुल्लाका अनुसार शार्कको एउटा बच्चामा मानिसको जस्तै ओठ र आँखा थियो। उनले भने–जब मैले त्यसलाई घर ल्याएँ त परिवारका सदस्यहरु आश्चर्यमा परे । मेरो घरमा उक्त माछा किन्नेको भीड लाग्यो । कति यस्ता पनि थिए जो उक्त माछा किन्न चाहन्थे । तर म बेच्न चाह्रँदिन । मलाई लाग्छ कि यो माछा मेरा लागि भाग्यशाली सावित हुनेछ ।

यो माछा किन यस्तो देखियो भन्ने प्रश्नमा एरिजोना स्टेट युभिर्सिटीका समुद्री संरक्षण् जीव वैज्ञानिक डा. डेभिड शिफमैनले भने–यो माछा कुनै नयाँ प्रजातिके होइन । यसलाई हेर्दा लाग्छ कि यसमा जन्मजात डिफेक्ट छ । यो साइक्लोपियाको मामिला हुन सक्दछ । त्यसकारण अनुहार विकृत बनेको हुनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *