Main News

प्रधानमन्त्री ओलीलाई पदबाट कसैले पनि हटाउन सक्दैन : मन्त्री श्रेष्ठ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १७ गते १७:४५
प्रधानमन्त्री ओलीलाई पदबाट कसैले पनि हटाउन सक्दैन : मन्त्री श्रेष्ठ (भिडियो रिपोर्टसहित)

१७ फागुन २०७७ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले माघ २३ गते शुरु हुने संसद अधिवेशनबाट अहिलेको राजनीतिक गतिरोधको निकास ननिस्कने दाबी गर्नुभएको छ ।

पाटन कलेज फर प्रोफेसनल स्टडिजको तेश्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई कसैले पनि हटाउन नसक्ने दाबी पनि गर्नुभयो ।

मन्त्री श्रेष्ठले अदालतको आदेशपछि अहिलेको सरकार हिजोको भन्दा अझै शक्तिशाली बनेको दाबी पनि गर्नुभयो । यही सरकारले नै चुनाव गराउने पनि उहाँको भनाइ छ ।

मन्त्री श्रेष्ठले संसद विघटनको मुद्दामा संवैधानिक इजलासमा न्यायाधीशबीच मत बाझिएको संकेत पनि गर्नुभयो । संसद विघटन बदर गर्ने फैसला ३ जना न्यायाधीशको मात्रै भएको भन्दै यसले समाधान भने नदिने दाबी गर्नुभयो ।

मन्त्री श्रेष्ठले नेपालमा राजनीतिक परिवर्तन भए पनि पुरानै शिक्षा ऐन अनुसार काम गर्नुपर्ने बाध्यता रहेको समेत उल्लेख गर्नुभयो ।

अहिले पनि शिक्षा ऐन २०२८ अनुसार नै काम गर्नुपर्ने अवस्था रहेको भन्दै पुरानै ठाउँमा उभिएर नयाँ परिवर्तनको महशुस गर्न नसकिने उहाँको तर्क थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *