Main News

पशुपति आर्यघाटमा दाहसंस्कारका लागि दाउरा निःशुल्क दिने सरकारको तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १७ गते १६:१४
पशुपति आर्यघाटमा दाहसंस्कारका लागि दाउरा निःशुल्क दिने सरकारको तयारी (भिडियो रिपोर्टसहित)

१७ फागुन २०७७ काठमाडौं । सरकारले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा निशुल्क दिने व्यवस्था गर्ने भएको छ ।

त्यसका लागि मन्त्रालयले गृहकार्य अगाडी बढाएको र छिट्टै लागू गरिने वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले जानकारी दिनुभएको छ ।

राष्ट्रिय सहकारी महासंघले गरेको गोष्ठीको उद्घाटन समारोहमा वन मन्त्री आलेले दाह संस्कार गर्न दाउरा किन्ने अवस्था अन्त्य गर्ने बताउनुभयो ।

मन्त्री आलेले खुल्ला चिडियाखानाको अवधारणा अगाडी बढाएको पनि बताउनुभयो । कम्तिमा ३५ जिल्लामा यो कार्यक्रम अगाडी बढाउन भैरहेको पनि उहाँले बताउनुभयो ।

मन्त्री आलेले प्रधानमन्त्री जडिबुटी तथा कृषि वन रोजगार कार्यक्रम अगाडी बढाएको पनि बताउनुभयो । कम्तिमा ७ वटा जिल्लाबाट कार्यक्रम अगाडी बढाउने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *