Main News

स्मार्ट सिटीको काम समानान्तर ढंगले अघि बढ्छः मन्त्री साह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १७ गते १५:१६
स्मार्ट सिटीको काम समानान्तर ढंगले अघि बढ्छः मन्त्री साह (भिडियो रिपोर्टसहित)

१७ फागुन २०७७ काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले काठमाडौं उपत्यका र उपत्यका बाहिरका स्मार्ट सिटीको कामलाई समानान्तर ढंगले अघि बढाइएको जानकारी दिनुभएको छ ।

मन्त्री साहले काठमाडौंमा बन्ने ४ मध्ये ३ वटा स्मार्ट सिटीको काम अगाडी बढेको र बाहिरका स्मार्ट सिटीलाई पनि सँगै लान खोजिएको बताउनुभएको हो ।

काठमाडौं उपत्यकामा हुने बसोबास र भौतिक पूर्वाधारको स्तर देशको मान र सम्मानसँग जोडिने भन्दै मन्त्री साहले काठमाडौंको भद्रगोल शहरीकरणलाई योजनाबद्ध र व्यवस्थित बनाउने प्रयासका रुपमा स्मार्ट सिटी निर्माण गर्न लागिएको बताउनुभयो ।

सरकारले २०७४ साल वैशाखम‍ै काठमाडौंको साँखु क्षेत्रलाई समेटेर एक तथा भक्तपुरको नगरकोटदेखि मूलपानीसम्म र बालकोटदेखि सूर्यविनायक मन्दिरसम्म नयाँ स्मार्ट सिटी बनाउने प्रस्ताव गरेको थियो ।

यस्तै ललितपुरको सिमालखालदेखि खहरे खोलासम्म अर्को स्मार्ट सिटी बनाउने सरकारको निर्णय थियो । तर सोचे अनुसार स्मार्ट सिटी निर्माणको काम अघि बढेको छैन । प्रस्तावित नयाँ शहर बन्ने क्षेत्रमा नयाँ घर तथा प्लटिङ र कलकारखाना खोल्न रोक लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *