Political Hightlights

निर्वाचन आयोगको भूमिकाप्रति प्रचण्ड–नेपाल समूहको असन्तुष्टि व्यक्त (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १७ गते १३:११
निर्वाचन आयोगको भूमिकाप्रति प्रचण्ड–नेपाल समूहको असन्तुष्टि व्यक्त (भिडियो रिपोर्टसहित)

१७ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि जनाएको छ ।

आज बसेको सचिवालय बैठकले आधिकारिकता निरूपण गर्न ढिलासुस्ती गरेकोमा असन्तुष्टि व्यक्त गरेको हो । बैठकले छिटो आधिकारिकताको विषय निरुपण गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

बहुमत पक्षलाई आधिकारिकता दिन आनाकानी गरे केन्द्रीय सदस्यसहित निर्वाचन आयोगमा उपस्थित हुने प्रचण्ड–नेपाल समूहको तयारी छ । त्यसको तयारीका लागि उसले लागि १९ गते स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

आवश्यक परे निर्वाचन आयोगलाई फेरि पत्र लेख्ने प्रचण्ड–नेपाल समूहको तयारी छ । पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि प्रचण्ड–नेपाल समूहले त्यही दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्षबाट हटाउन केन्द्रीय कमिटीसमक्ष सिफारिस गरेको थियो ।

पुस ७ गतेको जानकारी निर्वाचन आयोगमा दिएको थियो । माघ २० गते प्रचण्ड नेपाल समूहले आधिकारिकताका लागि निवेदन दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्