Main News

राष्ट्रपति विद्यादेवी भण्डारीबाट २३ गतेका लागि संसद बैठक आव्हान

हिमालय टिभी
२०७७ फागुन १७ गते १३:०५
राष्ट्रपति विद्यादेवी भण्डारीबाट २३ गतेका लागि संसद बैठक आव्हान

१७ फागुन २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नु भएको छ ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्नु भएको हो ।

मन्त्रिपरिषद्ले आज गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले बैठक आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिनुभयो ।

नेपाल सरकारका सिफारिशमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सो अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत आज जनाउनुभएको छ ।

गत फागुन ११ गते सर्वोच्च अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन परमादेश दिएको छ । सर्वोच्चको आदेश अनुसार यही फागुन २४ गतेभित्र संसद बैठक बस्नु पर्ने थियो ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ गतेको निर्णय सर्वोच्च अदालतले बदर गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *