कोमली वलीबारे रघुजी पन्तको प्रष्टिकरण–मेरो आशय त्यस्तो होइन (भिडियो रिपोर्टसहित)
१६ फागुन २०७७ काठमाडौं । गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीबारे गरेको टिप्पणीलाई लिएर नेकपा प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्त विवादमा पर्नुभएको छ ।
शनिबार एक कार्यक्रममा वलीबारे ‘लैंगिक हिंसाजन्य’ टिप्पणी गरेको भन्दै पन्तको चर्का आलोचना भैरहेको छ । पन्तमाथि कारवाहीको माग समेत भैरहेको छ । भिडियो सार्वजनिक भएपछि राष्ट्रियसभा सदस्य ओलीले पन्तको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।
पन्तको अभिव्यक्तिले आमा दिदी बहिनीको अपमान गरेको भन्दै वलीले विवेहीन मानिसको आलोचना ले आफैंलाई आलोचित गर्दछ भनेर टिप्पणी गर्नुभएको छ । सांसद वलीले अदालत जाने चेतावनी समेत दिनुभएको छ । पन्तको अभिव्यक्तिको सामाजिक सञ्जालमा चर्को आलोचना भैरहेको छ ।
पन्तले हिजो केपी शर्मा ओलीको पार्टीमा योगदान गरेर बसेका महिला नेतृ भएपनि कोमल वलीले पोइल जान पाम भनेपछि सांसद भएको टिप्पणी गर्नुभएको थियो ।
यसैबीच आफ्नो अभिव्यक्तिको चर्को आलोचना भएपछि प्रचण्ड नेपाल समूहका नेता रघुजी पन्तको प्रष्टिकरण आएको छ ।
हिमालय टेलिभिजनसँग कुरा गर्दै नेता पन्तले आफने आशय सांसद वलीलाई अपमान गर्ने नरहेको र भिडियाको एउटा अंश मात्रै राख्दा गलत अर्थ लागेको पन्तको दावी छ । आफ्ना कारण सांसद वलीलाई चोट पर्न गएकोमा पनि पन्तले दुख व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया