नेकपा विवाद चाँडै समाधान गर्ने निर्वाचन आयोगको तयारी
१६ फागुन २०७७ काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद केही दिनमै समाधान गर्ने तयारी थालेको छ ।
अब चुनावको तयारी गर्नु नपर्ने र पेस भएका दुवै पक्षका निवेदनहरुमाथि अध्ययन भइरहेकाले छिट्टै विवादको निरुपण गर्ने तयारी भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
संवैधानिक व्यवस्था, कानुनी प्रावधान, प्राप्त निवेदनलगायतलाई आधार बनाएर आयोगले अध्ययन अन्तिम चरणमा पुर्याएको जनाएको छ ।
यसअघि चुनावी प्रयोजनका लागि विभिन्न काम गर्नुपर्ने भएकाले नेकपाभित्रको विवाद समाधान गर्न समस्या भइरहेको र अहिले अवस्था सहज भएकाले केही दिनमै विवादको निचोड निकालिने उहाँको भनाइ रहेको छ ।
नेकपाको प्रचण्ड–नेपाल पक्षले आवश्यक परे बहुमत सदस्य नै आयोगमा उपस्थित हुने भन्दै बहुमत सदस्यहरुको नागरिकता र पार्टीको परिचयपत्र सङ्कलन गरेर राखेको छ ।
ओली समूहले पनि आफूसँग अध्यक्ष, महासचिव, माइन्युट सबै भएकाले आफूहरु नै नेकपाको आधिकारिक समूह भएको दाबी गर्दै आएको छ ।
प्रतिक्रिया