Main News
कोरोना बीमा दाबी गर्न सही विवरण पेस गर्न स्वास्थ्य मन्त्रालयको आग्रह (भिडियो रिपोर्टसहित)
२०७७ फागुन १५ गते १७:३३
१५ फागुन २०७७ काठमाडौं । कोरोना बीमा दाबी गर्नका लागि सही विवरण पेश गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
बीमा कम्पनीबाट भुक्तानी नपाएको गुनासो बढिरहँदा मन्त्रालयले दावी गर्दा प्रयोगशाला र बीमा कम्पनीसँग गरिएको सम्झौताको विवरण सही हुनुपर्ने जनाएको हो ।
बीमा कम्पनी र प्रयोगशालामा दिइएको विवरण फरक पर्दा विमितले समयमा नै बीमाको भुक्तानी पाउन नसकेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीको दाबी छ ।
कोरोना बीमा गरेका ७७ हजारभन्दा धेरैले बीमा कम्पनीमा आवेदन दिएका छन् । ति मध्ये अहिलेसम्म आधाले मात्रै भुक्तानी पाएका छन् ।
कतिपयले ६ महिनासम्म पनि रकम पाउन सकेका छैनन् । बाँकीको भुक्तानीका लागि छानबिन भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया