Political Hightlights

ढिलाइ गरेर निर्वाचन आयोग प्रतिगामी योजनामा लागेको प्रचण्ड–नेपाल समूहको आशंका (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १५ गते १७:२२
ढिलाइ गरेर निर्वाचन आयोग प्रतिगामी योजनामा लागेको प्रचण्ड–नेपाल समूहको आशंका (भिडियो रिपोर्टसहित)

१५ फागुन २०७७ काठमाडौं । पार्टीको आधिकारिकता विवाद समाधानमा ढिलाइ गरेकोमा नेकपाको प्रचण्ड नेपाल समूहले निर्वाचन आयोगप्रति गम्भीर प्रश्न उठाएको छ ।

संसद विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिसकेपछि पनि आधिकारिकताको विवाद मिलाउन आयोगले कुनै पहल नगरेकोमा उसले आपत्ति जनाएको हो ।

प्रचण्ड नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज फेसबुकमा लामो स्टाटस लेख्दै प्रतिनिधिसभा बैठकको मिति समेत तोकिसकिएको अवस्थामा निर्वाचन आयोगले तुरुन्त निर्णय दिनुपर्ने बताउनुभएको छ ।

एउटा संवैधानिक अंग सर्वोच्च अदालतले सारा दबाव, धम्की र प्रतिगामी षडयन्त्रलाई चिर्दै संविधान र लोकतन्त्रको रक्षा गरेको भन्दै प्रवक्ता श्रेष्ठले निर्वाचन आयोग के गर्दैछ ? भनेर प्रश्न गर्नुभएको छ ।

कतै सर्वोच्च अदालतमार्फत पूरा हुन नसकेको प्रतिगामी योजना अघि बढाउन निर्वाचन आयोग प्रयोग भएको त होइन भनेर श्रेष्ठले गम्भीर आशंका प्रकट गर्नुभएको छ ।
‘विवाद’ निरुपणको निम्ति अनुरोध गर्दा निर्णय नदिने काम किन र के उद्देश्यका निम्ति भइरहेको छ भनेर प्रवक्ता श्रेष्ठले आयोगलाई प्रश्न गर्नुभएको छ ।

यस्तो अवस्थामा निर्वाचन आयोग शंकाको घेरामा पर्न जाने भन्दै श्रेष्ठले राजनीतिक संकट चर्किए त्यसको जिम्मेवारी पनि आयोगले नै लिनुपर्ने चेतावनी समेत दिनुभएको छ । उहाँले संवैधानिक अंगमाथिको जनताको भरोसा टुट्न नदिनसमेत आग्रह गर्नुभएको छ ।

अदालतले दिएको सकारात्मक निकासलाई कार्यान्वयन हुनबाट रोक्ने हतियार निर्वाचन आयोग नबन्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको छ ।

निर्वाचन आयोगले हाम्रो पार्टीले बिधानसम्मत गरेको संगठनात्मक निर्णयको जानाकारी गराएर अध्यावधिक गर्न अनुरोध गर्दा…

Posted by Narayan Kaji Shrestha on Saturday, February 27, 2021

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्