Main News

भ्रष्टाचार नियन्त्रणको काम अहिलेसम्म भएकोभन्दा प्रभावकारी बनाउँछुः अख्तियार प्रमुख राई (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १५ गते १४:३९
भ्रष्टाचार नियन्त्रणको काम अहिलेसम्म भएकोभन्दा प्रभावकारी बनाउँछुः अख्तियार प्रमुख राई (भिडियो रिपोर्टसहित)

१५ फागुन २०७७ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

घट्टेकुलो समाजले आज गरेको स्वागत कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले नागरिक समाज र जनताको अपेक्षा अनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि अहिले सम्म भएको कामहरुभन्दा बढी प्रभावकारी ढङ्गले काम गर्ने बताउनुभएको हो ।

नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयहरुलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन र भ्रष्ट्राचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि प्रक्रिया र कानूनसम्मत ढङ्गले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो ‘नागरिक समाज र जनताले पनि अपेक्षा के गरेका छने भने भ्रष्टाचारलाई न्यूनीकरण, नियन्त्रण गर्नुप¥यो । यहाँ धेरै भ्रष्टाचार व्याप्त छ भन्ने आवाजहरु उठाइराख्नु भएको छ । त्यो आवाजलाई मेरो कार्यकालमा मेले विगतमा जुन प्रकारको भ्रष्टाचार नियन्त्रणमा कामकारबाही भइराखेको थियो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा त्योभन्दा प्रभावकारी ढंगले यसलाई लैजाने मेरो प्रण रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

उहाँले अगाडि भन्नुभयो–‘नागरिकहरुले जुन अपेक्षा गर्नुभएको छ र मिडियाले जुन विषयवस्तु उठाइराख्नु भएको छ त्यो विषयमा मैले संविधानले दिएको दायराभित्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि, प्रक्रिया र कानूनसम्मत तरिकाले भ्रष्टाचार नियन्त्रण गर्ने र जनताको अपेक्षा अनुसारको भ्रष्टाचार नियन्त्रण गरेर देखाउने मेरो प्रण रहने पनि यहाँ व्यक्त गर्न चाहन्छु ।’

प्रमुख आयुक्त राईले तथ्य र प्रमाणको आधारमा कुनै पनि भ्रष्टाचारीलाई कारबाही गर्न पछि नहटने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । यस्तै निर्दोष व्यक्तिलाई भ्रष्टाचारको दायराभित्र ल्याउने कुनै पनि व्यक्तिलाई पनि कारबाही गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘मेरो कार्यकालमा भ्रष्टाचारको तथ्य र प्रमाणका आधारमा कसैलाई पनि कारबाही गर्न पछि हट्ने छैन तर निर्दोष व्यक्तिलाई यदि कोही निर्दोष छ भने उसलाई भ्रष्टाचारको दायराभित्र ल्याउनेलाई पनि बचाउने क्रियाकलाप रहने छैन । विनापूर्वाग्रह कानून, विधि र प्रक्रियामा रहेर मैले कुनै पनि भ्रष्टाचार नियन्त्रणको काम कारबाहीलाई अगाडि बढाउन प्रतिबद्धता पनि तपाईहरुको सामु व्यक्त गर्दछु । मलाई तपाईहरुले यस्तो सम्मान दिनुभएको छ त्यो सम्मानलाई जोगाएर राख्नेछु र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इतिहासमै भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रभावकारी र उत्कृष्ट काम गरेर जाने प्रयास मेरो रहनेछ ।’

विना पूर्वाग्रह कानून, विधि र प्रक्रियामा रहेर भ्रष्टाचार नियन्त्रणको कामकारबाहीलाई अगाडि बढाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । आयोगको इतिहासमै भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रभावकारी र उत्कृष्ट काम गरेर जाने प्रयास गर्ने पनि प्रमुख आयुक्त राईले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *