Political Hightlights

आधिकारिकता विवादमा फसेका नेकपा नेताहरुको ध्यान अब फेरि सर्वोच्चतिर

हिमालय टिभी
२०७७ फागुन १५ गते १३:२१
आधिकारिकता विवादमा फसेका नेकपा नेताहरुको ध्यान अब फेरि सर्वोच्चतिर

१५ फागुन २०७७ काठमाडौं । नयाँ सत्ता समीकरण र पार्टीको आधिकारिताबारे बहस र छलफलमा व्यस्त नेकपाका नेताहरुको ध्यान अब सर्वोच्च अदालतले गर्न लागेको अर्को फैसलामा मोडिएको छ ।

सर्वोच्च अदालतले आउँदो बिहीबार नेपाल कम्युनिष्ट पार्टीका संयोजक रहेका ऋषि कट्टेलले दायर गरेको मुद्दामा फैसला गर्न लागेको छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेर नयाँ पार्टी बनाउँदा आफ्नो दलसँग नाम मिल्ने गरी बनाएको भनेर कट्टेलले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

निर्वाचन आयोगमा उजुरी गरे पनि आयोगले खारेज गरेपछि कट्टेलले २०७५ को मंसिर २१ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

सर्वोच्चले कट्टेलको पक्षमा फैसला गरेमा नेकपाको ओली र प्रचण्ड–नेपाल समूहले नाम फेर्ने या अर्को दल दर्ता गर्नुपर्ने अवस्था आउन सक्छ ।

पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने घोषणा गरेपछि राजनीतिक रुपमा विभाजन भएको नेकपाको दुवै समूहले आफू नै आधिकारिक भएको दाबी गर्दै आएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिसके पनि निर्वाचन आयोगले नेकपाको विवाद टुङ्ग्याउन सकेको छैन । यस्तो अवस्थामा सर्वोच्चले कट्टेलको पक्षमा फैसला गर्‍यो भने दुई समूहमा बाँडिएको नेकपाको विवाद झन् जटिल हुने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्