Main News

दरबार हाइस्कुललाई चीनद्वारा शैक्षिक सामग्री सहयोग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १४ गते १४:५४
दरबार हाइस्कुललाई चीनद्वारा शैक्षिक सामग्री सहयोग (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ काठमाडौं । चीन सरकारले काठमाडौंको दरबार हाई स्कुललाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

चिनियाँ नयाँ वर्षको अवसरमा चीन सरकार र चिनियाँ जनताका तर्फबाट स्टेसनरी, खेलकूद र स्वास्थ्य सामग्री तथा पोशाक सहयोग गरिएको हो ।

विद्यालयमा विशेष समारोहकाबीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले चीन सरकारको सहयोग निरन्तर पाईरहने अपेक्षा सहित धन्यवाद दिनुभयो ।

२०७२ सालको भूकम्पबाट दरबार हाइस्कुल पूर्ण रुपमा क्षति भएपछि चीन सरकार आफैले विद्यालय भवन बनाईदिएको थियो । पुनर्निमाण पछाडि बनेको भवनका कक्षा कोठा ठूला र आधुनिक छन ।

चीन सरकारको सहयोगमै विद्यालयमा फर्निचर लगायतका सबै सामग्रीको व्यवस्थापन पनि गरिएको थियो । पुनर्निमाणपछि विद्यालयमा पठनपाठन शुरु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *