Main News

सडक विस्तारका नाममा अन्यायपूर्ण तरिकाले विस्थापित गरेको भन्दै प्रदर्शन (फोटो फिचरसहित)

हिमालय टिभी
२०७७ फागुन १४ गते १४:४४
सडक विस्तारका नाममा अन्यायपूर्ण तरिकाले विस्थापित गरेको भन्दै प्रदर्शन (फोटो फिचरसहित)

१४ फागुन २०७७ काठमाडौं । सडक विस्तारका नाममा अन्यायपूर्ण तरिकाले विस्थापित गरिएको भन्दै नागरिक आन्दोलनसहितका विभिन्न समूहको अगुवाइमा काठमाडौंमा आज विरोध प्रदर्शन गरिएको छ ।

बृहत नागरिक समाज, बृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः देः दबु लगायतका संघसंस्थाको आयोजनामा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो ।

सडक विस्तारको नाममा काठमाडौँका आदिवासी नेवारलाई विस्थापित गरिएको र सभ्यताको समेत विनाश भइरहेको भन्दै त्यसविरुद्ध प्रदर्शन भएको हो ।

बालाजु बाइपासमा रहेका ४८ घरधुरीलाई सरकारले अन्यायपूर्ण रुपमा विस्थापित गराएको पीडितको गुनासो । सर्वोच्च अदालतको अन्तरिम आदेशसमेत नमानेर बिना मुआब्जा, बिना क्षतिपूर्ति सरकारले घर भत्काएको पीडितहरुको आरोप छ ।

घर भत्काउने सरकारको कामको विरोध गर्दा पक्राउ परेका घरधनी तथा अभियन्तालाई रिहा गर्न पनि उनीहरुले माग गरेका छन् ।

उनीहरु रिहा नभएसम्म र विस्थापित भएका परिवारहरुको बारेमा न्यायिक निरुपण नहुञ्जेलसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *