Main News
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल
२०७७ फागुन १४ गते ८:०५

१४ फागुन २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री ओलीले हिजो साँझ शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नु भएको हो ।
राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले राष्ट्रपति र प्रधानमन्त्रीबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको जानकारी दिनुभयो ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि प्रधानमन्त्री ओली पहिलोपटक राष्ट्रपति भेट्न शीतल निवास जानु भएको हो ।
भेटवार्तामा सर्वोच्चको फैसला, सरकारका काम कारबाही, प्रतिनिधिसभाको बैठक बोलाउने विषय, नेकपाको विवादलगायतका विषयमा छलफल भएको बुझिएको छ।
सर्वोच्च अदालतले १३ दिनभित्र संसद बैठक बोलाउन सरकारलाई निर्देशन दिएको छ।
प्रतिक्रिया