Main News

राष्ट्रपति र प्रधानमन्त्रीले धरापमा पारेको संविधान सर्वोच्चबाट रक्षा भयोः पूर्वराष्ट्रपति यादव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १३ गते २०:२८
राष्ट्रपति र प्रधानमन्त्रीले धरापमा पारेको संविधान सर्वोच्चबाट रक्षा भयोः पूर्वराष्ट्रपति यादव (भिडियो रिपोर्टसहित)

१३ फागुन २०७७ काठमाडौं । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले संसद पुनर्स्थापना गरेर न्यायालयले संविधानको रक्षा गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलामाथि पूर्वराष्ट्रपति यादवको प्रतिक्रिया आएको हो ।

नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तीका अवसरमा जनकपुरधाममा भएको कार्यक्रममा पूर्वराष्ट्रपति यादवले प्रधानमन्त्री र राष्ट्रपतिका कारण धरापमा परेको संविधानको सर्वोच्च अदालतले रक्षा गरेको बताउनुभयो ।

पूर्वराष्ट्रपति यादवले वर्तमान संविधानमा त्रुटी रहे पनि संविधान लोकतान्त्रिक दस्तावेज भएकाले सुधार्दै जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेता रामकृष्ण यादवले कांग्रेस सरकारमा जान नहुने बताउनुभयो । तर अर्का नेता महेन्द्र यादवले कांग्रेस सरकारमा जानुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *