Main News

पशुपतिको शिव लिङ्गमा ८० करोड रुपैयाँको सुनको जलहरी राखियो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १२ गते १५:१९
पशुपतिको शिव लिङ्गमा ८० करोड रुपैयाँको सुनको जलहरी राखियो (भिडियो रिपोर्टसहित)

१२ फागुन २०७७ काठमाडौं । पशुपतिनाथ मन्दिरको मुख्य शिव लिङ्गमा ८० करोड रुपैयाँ लागतमा सुनको जलहरी राखिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमापूजा गरेपछि जलहरी अनावरण गरिएको थियो । एक सय आठ किलो सुनको जलहरी स्थापना गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

सुनको जलहरीका लागि सरकारले ३० करोड दिएको छ भने पशुपति क्षेत्र विकास कोषले ५० करोड रुपैयाँ लगानी गरेको छ । राष्ट्र बैंकबाट उक्त परिणामको सुन ल्याएर जलहरीमा लगाइएको कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिनुभयो ।

यसअघि लगाइएको चाँदीको जलहरी जीर्ण भएकाले सुनको जलहरी स्थापना गरिएको कोषको तर्क छ ।

जलहरीसहित मन्दिरको छाना तथा बसाह मर्मतका लागि जम्मा १ सय ४२ केजी सुन किन्ने योजना भएपनि अहिले जलहरीका लागि १ सय ८ केजी सुन किनिएको कोषले जनाएको छ। तर, जलहरी फेर्ने काम विवादमा परेको छ।

चाँदीको स्थानको सुनको जलहरी राख्नु प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत हुने भन्दै सरोकारवालाले विरोध गर्दै आएका छन्।

ऐनको दफा १२ को खण्ड ग मा कुनै पुरातात्विक वस्तु नष्ट गरे, भत्काए, विरूप पारे, चोरी गरे, अनधिकृत रूपमा हटाए वा परिवर्तन गरेमा त्यस्तो पुरातात्विक वस्तुको विगोबमोजिम रकम असुल गरी ५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय व्यवस्था छ।

उक्त व्यवस्था उल्लंघन गरेको भन्दै वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले सर्वोच्चमा रिट समेत दायर गरेका छन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *