Main News

भारत भ्रमणमा जाने यात्रुका लागि पीसीआर रिपोर्ट अनिवार्य

हिमालय टिभी
२०७७ फागुन १२ गते १३:५५
भारत भ्रमणमा जाने यात्रुका लागि पीसीआर रिपोर्ट अनिवार्य

१२ फागुन २०७७ काठमाडौं । भारत भ्रमणमा जाने सबै यात्रुले अब पीसीआर परीक्षण गरी नेगेटिभ रिजल्ट आएको रिपोर्ट अनलाइनमा अपलोड गरेर यात्रा गर्नुपर्ने भएको छ ।

अब अनलाइन अपलोड नगरी यसरी यात्रा गरेमा भने यात्रा अनुमति नपाउने भारतीय हेल्थ तथा फेम्ली वेलफेयर मन्त्रालयले जनाएको छ । नेपालबाट नेपाल एयरलाइन्स र एयर इण्डियाले भारतका लागि उडान गरिरहेका छन् ।

यसअघि पीसीआर रिपोर्ट र सेल्फ डिक्लिरेन्स फारम साथमा लगेर गएमा समेत भारतले प्रवेश अनुमति दिने गरेको थियो । अब भने यी दुबै फारम अनलाइन अपलोड गर्नुपर्ने नियम बनाइएको छ ।

अनलाइन एयर सुविधा पोर्टलमा गएर सेल्फ डिक्लिरेन्स फारम अपलोड गर्नुपर्ने भएको छ ।

अर्कोतर्फ कोभिड(१९ को पीसीआर रिपोर्ट नेगेटिभ आएको ७२ घण्टा भित्रको रिपोर्टसमेत अनलाइन अपलोड गरेरै यात्रा गर्नुपर्ने नियम भारत सरकारले ल्याएको हो ।

यी दुबै कागजात नयाँ दिल्लीस्थित विमानस्थलको वेबसाइटमा गएर अपलोड गर्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *