Main News

सभा छाडेर अध्यक्ष प्रचण्ड र नेपाल काठमाडौं फिर्ता

हिमालय टिभी
२०७७ फागुन १२ गते १३:५२
सभा छाडेर अध्यक्ष प्रचण्ड र नेपाल काठमाडौं फिर्ता

१२ फागुन २०७७ चितवन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै पूर्वनिर्धारित आज यहाँ हुने भनिएको विरोधसभामा सहभागी हुन आउनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल काठमाडौँ फर्कनुभएको छ ।

चितवन आइसकेपछि मङ्गलबार साँझ सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि विरोधसभालाई विजयसभाका रूपमा परिणत गरिएको छ ।

प्रेस सङ्गठनका नेता सुरेशचन्द्र अधिकारीका अनुसार सो कार्यक्रमलाई अन्य नेताहरुले सम्बोधन गर्ने गरी दाहाल र नेपाल काठमाडौँ फर्कनुभएको हो ।

उहाँहरु आज बिहान १०ः४५ बजे जहाजबाट जानुभएको उहाँले जानकारी दिनुभयो । काठमाडौँमा विभिन्न महत्वपूर्ण भेटघाट गर्नुपर्ने भएपछि यहाँको कार्यक्रम उहाँहरू छाडेर फर्कनुभएको अधिकारीले बताउनुभयो ।

सो समूहले आज अपराह्न संसदीय दलको बैठकसमेत आह्वान गरेको छ । सभालाई नेकपाका नेता सुरेन्द्रप्रसाद पाण्डे, नारायण दाहाल, रेनु दाहाललगायतले सम्बोधन गर्दै हुनुहुन्छ । विजयसभा हुनुअघि विभिन्न स्थानबाट र्याली निकालिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *