नेकपा उपाध्यक्ष गौतमद्वारा प्रधानमन्त्रीको राजीनामा माग

Himalaya Television
२०७७ फागुन १२ गते १३:०९

नेकपा उपाध्यक्ष गौतमद्वारा प्रधानमन्त्रीको राजीनामा माग

१२ फागुन २०७७ काठमाडौं । विभाजित नेकपाका उपाध्यक्ष एवं एकता अभियानका संयोजक वामदेव गौतमले तत्काल राजीनामा दिएर पार्टी एकता कायम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको अवस्थामा पार्टीलाई एकजुट बनाउन प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने गौतमको माग छ ।

नेकपा उपाध्यक्षको हैसियतमा आज विज्ञप्ति जारी गर्दै गौतमले प्रधानमन्त्रीले ढिला नगरी राजीनामा दिनुपर्ने र राष्ट्रपतिले प्रेस विज्ञप्तिमार्फत अदालतको निर्णयको स्वागत गर्दै प्रतिनिधिसभा बैठक आह्वान गर्नुपर्ने बताउनुभएको छ ।

गौतमले नेकपा विभाजनलाई अश्वीकार गर्दै दुवै अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डले तुरुन्तै सचिवालय बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोलाउन अनुरोध समेत गर्नुभएको छ । गौतमले सर्वोच्चको फैसलालाई ऐतिहासिक समेत भन्नुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs