Main News

सर्वोच्चको फैसलापछि यस्तो छ सभामुख सापकोटाको तयारी

हिमालय टिभी
२०७७ फागुन १२ गते ९:१७
सर्वोच्चको फैसलापछि यस्तो छ सभामुख सापकोटाको तयारी

१२ फागुन २०७७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अदालतप्रति जनताको विश्वास बढेको प्रतिक्रिया दिनुभएको छ ।

सर्वोच्च अदालतले संसद पुनःस्थापनाको पक्षमा फैसला गरेपछि सभामुख सापकोटाले यस्तो बताउनुभएको हो ।

सर्वोच्चले संसद पुनर्स्थापना गर्ने परमादेश जारी गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन भनेपछि सभामुख सापकोटाले संसद बैठकको विषयमा सबै पक्षसँगको छलफलपछि अघि बढ्ने बताउनुभएको छ ।

अदालतमाथि सबैको विश्वास भरोसा थियो र अदालतले जनताको मन भावनाअनुसार फैसला गरेको सभामुख सापकोटाले बताउनुभयो । सभामुख सापकोटाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्ने सर्वोच्चको फैसलाले राज्यका महत्वपूर्ण अंगहरुको शक्ति पृथकीकरण र भूमिकाको बारेमा पनि स्पष्ट मार्ग निर्देश गरेको बताउनुभयो ।

सर्वोच्चको फैसलाले समस्त नेपाली जनता, संविधानवादको जित भएको र नेपाली जनतामा अदालतप्रतिको विश्वास झन् बढेको पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *