Main News

मेलम्चीको पानी आउने भएपछि काठमाडौंमा उत्साह, स्थानीय भने चिन्तित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १२ गते ६:०५
मेलम्चीको पानी आउने भएपछि काठमाडौंमा उत्साह, स्थानीय भने चिन्तित (भिडियो रिपोर्टसहित)

१२ फागुन २०७७ सिन्धुपाल्चोक । मेलम्चीको पानी छिट्टै पाउने आशामा काठमाडौंका बासिन्दालाई उत्साहित बनाएको छ । तर मेलम्चीका बासिन्दा भने आयोजनाका कारण अनेक समस्या परेको गुनासो गरिरहेका छन् ।

मेलम्चीको पानी काठमाडौं जाँदा स्थानीय बासिन्दा पनि खुसी नै छन् । तर उनीहरुको केही चासोका विषय छन् । पानी सुरुङमा हाल्ने मुहान अम्बाथान भन्दा तल रहेका क्षेत्रमा खेतीपाती, माछा पालन, पानी घट्ट लगायतलाई असर पर्छ । यस्ता समस्या समाधानमा पनि ध्यान दिन स्थानीयले आग्रह गरिरहेका छन् ।

यतिमात्रै होइन, पानी पठान्तरण अगावै भएका सम्झौता पूर्ण रुपमा कार्यान्वयन नभएको पनि स्थानीय बासिन्दाको गुनासो छ ।

स्थानीय बासिन्दाले माग सम्बोधन गर्न माग गर्दै खानेपानी मन्त्री मणीचन्द्र थापालाई ज्ञापन पत्र समेत बुझाएका छन् । यसअघि निर्माण कम्पनी सिएसीका मजदुर र सप्लायर्सको माग पनि सम्बोधन भएको छैन, विकास निर्माणका काम पूरा भएका छैनन् । जसका कारण उनीहरु चिन्तित छन् ।

मेलम्ची खानेपानी आयोजनामार्फत पानी काठमाडौं आउँदा ठुलो समस्या समाधान हुनेछ । तर पानी ल्याउँदा स्थानीयको चित्त दुखाउनु भने हुँदैन । हेलम्बुका बासिन्दाका माग र सरोकारप्रति सरकारले ध्यान दिनैपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *