Main News

तीन महिनामा काठमाडौं आउला मेलम्चीको पानी ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १२ गते ६:००
तीन महिनामा काठमाडौं आउला मेलम्चीको पानी ? (भिडियो रिपोर्टसहित)

१२ फागुन २०७७ सिन्धुपाल्चोक । नेपाल सरकारले चरणवद्ध रुपमा मेलम्ची, याग्रीं र लार्केको पानी काठमाडौंमा ल्याउने योजना २०५५ सालदेखि नै पठान्तरणको काम भैरहेको छ ।

२०४९ सालमा काठमाडौं उपत्यकामा खानेपानीको समस्या समाधान गर्न गरिएको अध्ययन अनुसार मेलम्चीको पानी काठमाडौं ल्याउने योजना बनेको हो । २०४९ सालदेखि मेलम्चीको पानी कुरेर बसेका उपत्यकाका बासिन्दाले के यो वर्ष मेलम्चीको पानी पाउँछन् ?

चिनियाँ कम्पनी सिनो हाइड्रोले जिम्मेवारी लिएपछि मेलम्ची खानेपानी आयोजनाको काम अघि बढेको छ । उसले सुरुङ्गको बाँकी काम सकेपछि गत असारमा पानी पठाएर परीक्षण गरिएको थियो । तर सुरुङ्गमा पानी पठाएको १० दिनमा एक स्थानमा बाँध फुट्यो । र आयोजनाको काम रोकियो । त्यसपछि प्राविधिक विज्ञ सहितको छानविन टोलीले बाँध फुट्नुको कारण पत्ता लगायो र मर्मत गर्‍यो । ८ महिनापछि मेलम्चीको सुरुङ्गमा पानी पठाइएको छ ।

प्राविधिक मापदण्ड अनुसार अहिले प्रति सेकेन्ड २ सय ६० लिटरको दरले पानी हालिएको छ । सुरुङमा पानी भरिन करिब १६ दिन लाग्ने प्राविधीकको अनुमान छ । परीक्षण अबधी अब लगभग दुई महिनाको हुनेछ ।

यो परीक्षण सफल भएपछि प्रथम चरणमा सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा पानी पठाइनेछ । सुन्दरीजलमा दुई वटा पानी प्रशोधन केन्द्र छन् । त्यहाँ पानी प्रशोधन भए पछि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्याङ्कीमा पठाइने छ । परीक्षण लगायतका सबै काम सफल भए अबको तीन महिना भित्र उपत्यकाका बासिन्दाले मेलम्चीको पानी उपयोग गर्न पाउनेछन् ।

काठमाडौंका बासिन्दाले ३० वर्षदेखि मेलम्चीको पानी पाउने आशा गरिरहेका छन् । बिचमा कुनै समस्या नआए लामो समयको सपना अब पुरा हुने चरणमा पुगेको छ । काठमाडौं उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ वितरण थाल्ने सरकारको तयारि छ ।

इटालिएन ठेकेदार कम्पनी सिएमसीले काम छोडेपछि २०७५ साल असोज अन्तिमबाट मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिने हाइड्रोले गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *