Main News
सर्वोच्चको फैसलाप्रति कांग्रेस सभापति देउवाले दिए यस्तो प्रतिक्रिया
२०७७ फागुन ११ गते १९:३०
११ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि कांग्रेसको पनि प्रतिक्रिया आएको छ ।
देउवाले यसलाई स्वागतयोग्य भन्दै सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको बताउनुभएको छ।
उहाँले संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालत नै हो भन्दै उसले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको बताउनुभएको छ ।
उहाँले यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजलासका न्यायधीशहरुलाई म धन्यवाद दिन चाहन्छु उहाँले भन्नुभएको छ ।
प्रतिक्रिया