Main News
डा. विश्वकर्मा दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त
२०७७ फागुन ११ गते १७:१९

११ फागुन २०७७ काठमाडौं । डाक्टर निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त हुनुभएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकर्मालाई राजदूत नियुक्त गर्नुभएको हो ।
संविधानको धारा २८२ बमोजिम विश्वकर्मालाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिनुभएको छ ।
विश्वकर्माले काठमाडौं विश्वविद्यालय र स्विट्जरल्याण्डको ज्युरिच विश्वविद्यालयबाट फुड मुभमेन्टमा विद्यावारिधी गनभएको छ । ५० वर्षीय विश्वकर्मा दलित समुदायबाट राजदूत बन्ने तेस्रो व्यक्ति हुनुहुन्छ ।
प्रतिक्रिया