Main News

एजेण्डाबिनै आज सुरक्षा परिषदको बैठक बस्दै

हिमालय टिभी
२०७७ फागुन ११ गते ७:४२
एजेण्डाबिनै आज सुरक्षा परिषदको बैठक बस्दै

११ फागुन २०७७ काठमाडौं । सुरक्षा परिषद्को बैठक बस्दैछ । यसअघिको बैठक रअ प्रमुख गोयल आउने दिन कात्तिक ५ मा बसेको थियो ।

बैठक परिषद्को कार्यालयमा सिंहदरबार बिहान नौ बजे डाकिएको छ । गत कात्तिक ५ गते प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बसेको राति भारतीय खुफिया एजेन्सी ‘र’का प्रमुख सामन्त गोयललाई प्रधानमन्त्री ओलीले बालुवाटारमा स्वागत गर्नु भएको थियो ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठक खास अवस्थामा बस्छ । बैठकको अध्यक्षता परिषद्को प्रमुख तथा प्रधानमन्त्रीले गर्नुहुन्छ । खासगरी राष्ट्रिय विपत् र सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी निर्णय गर्न परिषद्को बैठक बस्छ ।

देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकताअनुसार बैठक बस्ने चलन छ । परिषद्का सदस्य सचिव तथा रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले यो नियमित बैठक भएको र निर्णय गर्नुपर्ने एजेन्डा केही नभएको बताउनु भयो ।

सुरक्षा परिषद्को सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबीच हिजो भएको भेटले राजनीतिक वृत्तलाई तरंगित बनाएका बेला बोलाइएको सुरक्षा परिषद्को बैठकलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *