Main News

औद्याेगिक क्षेत्र धमाधम शिलान्यास हुँदै, निर्माण कहिले ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १० गते २०:५०
औद्याेगिक क्षेत्र धमाधम शिलान्यास हुँदै, निर्माण कहिले ? (भिडियो रिपोर्टसहित)

१० फागुन २०७७ काठमाडौं । यसअघि नै घोषणा भएका तथा कतिपय शिलान्यास समेत भइसकेका औद्योगीक क्षेत्र निर्माण अघि बढाउन थालिएको छ । आज सुदूरपश्चिमको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गरिएको छ भने अन्य चार वटा औद्योगिक क्षेत्रको शिलान्यासका लागि तालिका समेत सार्वजनिक गरिएको छ ।

आर्थिक विकासको लागि औद्योगिक पूर्वाधार निर्माणलाई नारा बनाउँदै आएको सरकार विगतमा घोषणा भएका औद्योगिक क्षेत्रको शिलान्यासमा जुटेको छ ।

देशभर ५ वटा ओद्योगिक क्षेत्र सञ्चालन गर्ने घोषणा यसअघिकै सरकारले गरेको थियो । जस अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा स्थापना हुने दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभयो ।

२५ वर्षअघिदेखि नै चर्चामा रहेको दैजी–छेला औद्योगिक क्षेत्र ९ अर्ब लगानीमा बन्न लागेको हो । यस औद्योगिक क्षेत्रबाट १० हजार जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ । यस औद्योगिक क्षेत्रको काम अबको ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

नौ सय बिगाह क्षेत्रमा विकास हुने यस औद्योगिक क्षेत्रमा १ सय प्लट रहनेछन् । २५ वर्ष अघि घोषणा गरेर अलपत्र पारिदै आएको दैजी–छेला औद्योगिक क्षेत्र बिभिन्न प्रक्रियागत अल्झलमै रोकिएको थियो ।

यो औद्योगिक क्षेत्रको शिलन्यास पछि सरकारले फागुन ११ गते बाँकेको नौबस्तामा नौबस्ता औद्योगिक क्षेत्र शिलान्यास गर्ने तय गरेको छ । ५ वर्ष अघि नै घोषणा भएको यो औद्योगिक क्षेत्रको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलन्याश गर्नु हुने छ । ६ अर्वको लागनिमा बन्न लागेको नौबस्ता औद्योगिक क्षेत्र ३ सय ३८ बिगा क्षेत्रफलमा छ ।

यसैगरी फागुन १३ गते रुपन्देहीको मोतिपुरमा मोतिपुर औद्योगिक क्षेत्र शिलान्यास हुदैछ । यो पनि ४ वर्ष अघि नै घोषणा गरिएको थियो । २०७५ साल कार्तिकमा शिलान्यास गरिएको भए पनि निर्माणले गति लिन सकिरहेको थिएन । त्यसलाई १३ गते फेरि अर्थमन्त्री विष्णु पौडलले शिन्यान्स गर्दै हुनुहुन्छ । मोतिपुर औद्योगिक क्षेत्र ८ सय १४ बिघामा फैलिएको छ । यस क्षेत्रको २५ अर्बको लागत अनुमान गरिएको छ ।

यस्तै फागुन १४ गते मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्रको उद्योग मन्त्री लेखराज भट्टले नै शिलान्यास गर्दै हुनुहुन्छ । २०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकले मयुरधापमा नयाँ औद्योगिक क्षेत्र बनाउने गर्ने निर्णय गरेको थियो । यस औद्योगीक क्षेत्रको बन मन्त्रालयले वातावरण परीक्षण प्रतिवेदन पास नगर्दा १ वर्ष देखि काम रोकिएको थियो ।

प्रधानमन्त्रीको गृह जिल्ला झापाको दमक, कमल, गौरादहमा बन्न लागेको चीन–नेपाल मैत्री औद्योगिक पार्कको फागुन १६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिन्यान्यास गर्ने कार्यक्रम तय गरिएको छ ।

चीन नेपाल मैत्री औद्योगिक पार्क दक्षिण एसियाकै सबै भन्दा ठुलो पार्क बन्ने छ । १६ सय हेक्टरमा फैलिएको पार्क बनाउने लगानी बोर्डले ६४ अर्व रुपैयाँ चिनियाँ लगानी स्वीकृत गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *