संसद विघटनको कदम सर्वोच्चबाट सच्चिनुपर्छः नेता पन्त
१० फागुन २०७७ काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहका नेता रघुजी पन्तले संसद् विघटनको कदम सर्वोच्च अदालतबाट सच्चिनुपर्ने बताउनुभएको छ ।
पार्टी निकट नेपाल दलित मुक्ति संगठनले संसद विघटनविरुद्ध काठमाडौंमा गरेको प्रदर्शनमा पत्रकारसित कुरा गर्दै नेता पन्तले असंवैधानिक संसद् विघटन सर्वोच्च अदालतको फैसलाबाट सच्चिन सम्भव रहेको बताउनुभयो ।
सर्वोच्च अदालतले कसैको जुलुस हेरेर नभई नेपालको संविधान हेरेर फैसला गरी संसद् पुनर्स्थापना गर्ने उहाँको विश्वास छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर र प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले प्रदर्शनमा जनसहभागिता हेरेर फैसला गर्न दबाव दिएपनि पन्तले त्यसका आधारमा नभई संविधान अनुसार काम गर्न अदालतलाई सुझाव दिनुभयो ।
जनतालाई जागरुक बनाउन र संसद् पुनर्स्स्थापनाको पक्षमा जनमत बनाउन निरन्तर विरोध प्रदर्शन भइरहेको र सर्वोच्चको फैसला नआउञ्जेलसम्म विरोध चलिरहने पन्तले बताउनुभयो ।
प्रतिक्रिया