Main News

पहिले जलाउन चाहेको संविधान बचाउन लाग्नुपर्ने अवस्था आयोः अध्यक्ष यादव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १० गते १८:११
पहिले जलाउन चाहेको संविधान बचाउन लाग्नुपर्ने अवस्था आयोः अध्यक्ष यादव (भिडियो रिपोर्टसहित)

१० फागुन २०७७ धनुषा । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पहिले जलाउन चाहेको संविधानलाई अहिले बचाउनुपर्ने अवस्था आएको बताउनु भएको छ ।

जनकपुरधाममा आज आयोजित कार्यक्रममा अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओली संविधान नै समाप्त पार्न अघि बढेकाले आफ्ना केही विमति हुँदाहुँदै पनि त्यसको रक्षाका लागि आन्दोलनमा उत्रनु परेको बताउनुभयो ।

अध्यक्ष यादवले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर संघीयता समाप्त गर्ने प्रपञ्च रचेको आरोप पनि लगाउनु भयो । मुस्लिम समुदायको संस्थाले गरेको कार्यक्रममा यादवले परिवर्तनकारी शक्तिको पहिचान गर्न आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदाय पछाडि पर्नुको मुख्य कारण शिक्षा रहेको बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष यादवद्वारा लिखित ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ नामक पुस्तकको उर्दु संस्करण विमोचन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *