Main News

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता

हिमालय टिभी
२०७७ फागुन १० गते १६:५१
प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता

१० फागुन २०७७ काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग भेटवार्ता गर्नुभएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा केही दिनभित्रै फैसला आउने तय भएको अवस्थामा प्रधानसेनापति र प्रधानन्यायाधीशबीच भेट हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले नेपाली सेनाले भोगचलन गर्दै आएको जग्गाको विषयमा छलफल गर्न प्रधान सेनापति सर्वोच्च अदालत पुगेको जानकारी दिनुभयो ।

उहाँले सेनापति र प्रधान न्यायाधीशबीच कुनै पनि राजनीतिक विषयमा कुराकानी नभएको दाबी गर्नुभयो । सेनाले अदालतको ४० रोपनी जग्गा भोगचलन गर्दै आएको छ।

सेनाले प्रयोग गर्दै आएको जग्गा अदालतले आफ्नोमा नामसारी गर्ने विषयमा छलफल भएको पौडेलले बताउनुभयो । सर्वोच्च अदालतभन्दा पछाडिको नेपाली सेनाको क्यावलरीको जग्गा प्राप्तिका विषयमा छलफल गर्न थापालाई अदालत बोलाइएको जनाइएको छ ।

त्यहाँ भवन निर्माण हुँदैछ। टेण्डर समेत भएर भवन निर्माणको काम शुरु हुने अन्तिम चरणमा रहँदा त्यहाँ रहेका बाँकी संरचना हटाएर भवन बनाउन सहज वातावरण बनाइदिन प्रधानन्यायाधीशले प्रधानसेनापतिलाई आग्रह गर्नुभएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभयो ।

फागुन ६ गते अदालतको अवहेलना मुद्दामा लिखित जवाफ अदालत परिसर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यो जग्गाको निरीक्षण गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *