Main News

महिला हिंसाविरुद्ध काठमाडौंमा नेकपा प्रचण्ड–नेपाल समूहको प्रदर्शन

हिमालय टिभी
२०७७ फागुन ९ गते १७:३६
महिला हिंसाविरुद्ध काठमाडौंमा नेकपा प्रचण्ड–नेपाल समूहको प्रदर्शन

९ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको अखिल नेपाल महिला संघले महिला हिंसा र बलात्कारविरुद्ध काठमाण्डौमा प्रदर्शन गरेको छ ।

अखिल नेपाल महिला संघले संसद विघटनविरुद्धको आन्दोलनकै क्रममा महिला हत्या, हिंसा र बलात्कारको विरोधमा प्रदर्शन गरेको हो ।

शान्तिबाटिकाबाट निस्केको जुलुश नाराबाजीसहित बसन्तपुर पुगेको थियो । नेतृहरु अष्टलक्ष्मी शाक्य, शशी श्रेष्ठ लगायतको नेतृत्वमा भएको प्रदर्शनमा महिला हिंसा बन्द, बलात्कारीमाथि कारवाहीको माग गरिएको थियो ।

यस्तै प्रदर्शनकारीले संसद विघटनको विरोध र संविधानको रक्षा, भ्रष्टाचारीमाथि कारवाहीको माग लगायतका विभिन्न प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *