Main News

प्रदेश १ का मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव सभामा पेस गर्ने कार्यसूची

हिमालय टिभी
२०७७ फागुन ९ गते १४:३८
प्रदेश १ का मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव सभामा पेस गर्ने कार्यसूची

९ फागुन २०७७ विराटनगर । प्रदेश १ प्रदेश सभामा आज मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव पेश हुने भएको छ ।

सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश गर्ने कार्यसूचीमा समावेश गर्नुभएको छ । यद्यपि दिउँसो २ बजेका लागि तय भएको बैठक अझै शुरु हुन सकेको छैन ।

प्रदेश सभा बैठक बस्ने भएपछि नेकपा प्रचण्ड–नेपाल समूह, ओली समूह र नेपाली कांग्रेस आन्तरिक छलफलमा बसेका छन् । सभामुखले अविश्वासको प्रस्तावका बारेमा छलफल गराउन चाहेपछि सत्तापक्षका सांसदहरु मुख्यमन्त्री कार्यालयमा भेला भएका छन् ।

सत्तापक्षले छुट्टै बैठक गरेपछि त्यसबाहेकका दल तथा विपक्षीहरु सभामुखसँग छलफलमा जुटेका छन् ।

विराटनगरस्थित मुख्यमन्त्री निवासमा आज बिहान भएको भेटमा मुख्यमन्त्री राईले सभामुख भण्डारीलाई अहिलेकै अवस्थामा बैठक अगाडि बढ्न नसक्ने भन्दै सूचना टाँसेर स्थगित गर्न दबाब दिनु भएको थियो ।

सभामुख भण्डारीले भने प्रक्रिया अनुसार अविश्वासको प्रस्ताव दर्ता भएर टेबल गर्ने कार्यसूची समेत तय भइसकेको भन्दै सँधैभरी बैठक रोकेर राख्न नसकिने जवाफ दिनुभयो । पुस १२ गते प्रदेशसभाका ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *