Main News

राष्ट्रपतिद्वारा प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त, राजेश झा प्रदेश प्रमुख नियुक्त

हिमालय टिभी
२०७७ फागुन ७ गते १५:१९
राष्ट्रपतिद्वारा प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त, राजेश झा प्रदेश प्रमुख नियुक्त

७ फागुन २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्नुभएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले परियारलाई पदमुक्त गर्नुभएको हो । संविधानको धारा १ सय ६५ अनुसार परियार पदमुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

तर प्रदेश २ का प्रमुख परियारले आफूलाई यसबारे कुनै जानकारी नभएको बताउनुभयो । संविधानको धारा १ सय ६५ मा राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा, पदावधि समाप्त भएमा वा त्यस अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा वा निजको मृत्यु भएमा प्रदेश प्रमुख पदमुक्त हुने उल्लेख छ ।

तर परियारले आफूले राजीनामा नदिएको बताउनुभयो । यसलाई ओली सरकारले प्रदेश सरकारमाथि प्रहार गर्ने शुरुवातका रुपमा हेरिएको छ ।

आजै रौतहटका राजेश झा प्रदेश प्रमुख नियुक्त हुनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *