Main News

प्रदेशमा उत्पन्न कानूनी र वैधानिक प्रश्न निरुपण गर्न सरकार तयारः मुख्यमन्त्री राई (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ७ गते १३:०९
प्रदेशमा उत्पन्न कानूनी र वैधानिक प्रश्न निरुपण गर्न सरकार तयारः मुख्यमन्त्री राई (भिडियो रिपोर्टसहित)

७ फागुन २०७७ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा उठेका कानूनी र वैधानिक प्रश्नहरुको निरुपरण गर्न सरकार तयार रहेको बताउनु भएको छ।

उहाँले प्रदेशमा उत्पन्न समस्या अन्त्य गर्न सरकार तयार रहेकाले सबैलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो।

प्रजातन्त्र दिवसका अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गद्र्यै मुख्यमन्त्री राईले प्रदेश संरचनालाई बलियो र प्रभावकारी बनाउने जिम्मवारी सबैको भएकाले सबै सहयात्री दललाई गम्भिर बनी गहिरो जिम्मेवारीका साथ भूमिका खेल्न आग्रह समेत गर्नुभयो ।

आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावप्रति इंगित गर्दै प्रदेश संरचना कमजोर बनाउने र जनताको विकास र समृद्धिको चाहनालाई तुषारापात गर्ने उद्देश्यका साथ कदम चालिएको दावी गर्नुभयो ।

उहाँले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव विधिसम्मत नभएको दाबी गर्दै घुमाउरो ढंगले प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *