विदेश

पर्सिभिअरन्स अन्तरिक्ष यान मंगल ग्रहको सतहमा अवतरण

हिमालय टिभी
२०७७ फागुन ७ गते ८:२५
पर्सिभिअरन्स अन्तरिक्ष यान मंगल ग्रहको सतहमा अवतरण

७ फागुन २०७७ न्युयोर्क । अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिना पछि मङ्गल ग्रहको सतहमा अवतरण गरेको छ ।

नेपाली समयानुसार आज बिहान करिब २ बजेर ४० मिनेटमा पर्सिभिअरन्स रोभरले मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो।

सफल अवतरणसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूले हर्षोल्लास मनाएका थिए। अवतरण गरेको केही समयमै रोभरले कैद गरेको तस्बिर सार्वजनिक गरिएको छ ।

सर्फेस मिसन म्यानेजर जेसीका स्याम्युएल्सका अनुसार अब पर्सिभिअरन्सका सबै कुरा सञ्चालन गर्न सकिने अवस्था रहे नरहेको अध्ययन गरिनेछ ।

उक्त रोभरले रातभर आफ्नो ब्याट्री चार्ज गर्ने छ। मंगल ग्रहमा जीवको जीवन सम्भव भए नभएबारे अध्ययन गर्न सहज हुने छ । सन् १९७० को दशकको भाइकीङ मिसनपछि मङ्गल ग्रहमा जीवनको सम्भावना बारे अध्ययन गर्ने नासाको सबैभन्दा महत्त्वाकाङ्क्षी परियोजना हो ।

एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *