Main News

नेकपा प्रचण्ड–नेपाल समूहले आज टुँडिखेललाई मानव साङ्लोले घेर्दै

हिमालय टिभी
२०७७ फागुन ६ गते ९:१४
नेकपा प्रचण्ड–नेपाल समूहले आज टुँडिखेललाई मानव साङ्लोले घेर्दै

६ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले चौथो चरणको आन्दोलनअन्तर्गत आज टुँडिखेललाई मानव साङ्लोले घेर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सांकेतिक रूपमा दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिनुभयो ।

अपराह्न ४ देखि ५ बजेसम्म हुने कार्यक्रममा १० हजार हाराहारी कार्यकर्ता सहभागी हुने भुसालले जानकारी दिनुभयो । मानव साङ्लोले टुँडिखेल घेर्ने कार्यक्रम रहेपनि सार्वजनिक सवारी प्रभावित हुने खालको कार्यक्रम नरहेको नेता भुषालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको कदमलाई ‘प्रतिगमन’ भन्दै प्रचण्ड–नेपाल समूह पुस ५ पछि आन्दोलीत छ ।

यो समूहले फागुन ५ गते देखि २१ गतेसम्म चौथो चरणको कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रम अन्तर्गत भोलि देशभरका सबै वडामा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ ।

भोलिदेखि नै १५ गतेसम्म सार्वजनिक स्थलहरूमा प्रधानमन्त्रीको कदमविरुद्ध हस्ताक्षर संकलन गर्ने कार्यक्रम पनि रहेको छ । प्रचण्ड–नेपाल समूहले गत माघ २८, माघ ९ र पुस १३ मा काठमाडौँमा प्रदर्शन गरेको थियो।

प्रचण्ड–नेपाल समूहको आयोजनामा काठमाडौँबाहिर प्रदेश १ को विराटनगर, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा पनि प्रदर्शन र विरोधसभा भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *