Main News

कोरोनाविरुद्धको खोप खरिद गर्न अर्थ मन्त्रालयद्वारा १ अर्ब बजेट स्वीकृत

हिमालय टिभी
२०७७ फागुन ५ गते १५:१४
कोरोनाविरुद्धको खोप खरिद गर्न अर्थ मन्त्रालयद्वारा १ अर्ब बजेट स्वीकृत

५ फागुन २०७७ काठमाडौं । कोरोनाविरुद्धको खोप खरिद गर्न अर्थ मन्त्रालयले १ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ ।

खोप खरिद गर्न यसअघि स्वास्थ्य मन्त्रालयलाई ५० करोड रुपैयाँ दिएको अर्थ मन्त्रालयले थप ५० करोड स्वीकृत गरेको हो ।

यसअघि अर्थ मन्त्रालयले सरकारद्वारा कोरोनाविरुद्धको खोप खरिद गर्न खोलिएको कोषमा ५० करोड रुपैयाँ जम्मा गरेको थियो । यो रकम सवास्थ्य मन्त्रालयले खोप खरिदमा प्रयोग गर्न सक्नेछ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले भारतबाट २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको थियो । त्यसका लागि स्वास्थ्य मन्त्रालयले अर्थसँग अग्रिम रकम माग गरेको थियो ।

खोप किन्न मात्र ४८ अर्ब रुपैयाँ लाग्ने अर्थ मन्त्रालयले अनुमान गरेको छ । यो वर्ष आमनिर्वाचन र खोपका लागि मात्र अतिरिक्त खर्चको जोहो गर्नुपर्ने चापमा अर्थ मन्त्रालय छ ।

यो वर्ष चालु खर्च बढाउन समेत यी दुई शीर्षकमा हुने खर्चमै सरकारले प्राथमिकता दिएको छ ।

यसैबीच अर्थ मन्त्रालयले निर्वाचन आयोगका लागि ७ अर्बको स्रोत सुनिश्चितता दिइसकेको छ । यद्यपि निर्वाचनमा कति खर्च लाग्छ भन्ने अझै टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *