Main News

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको वरिष्ठ अधिवक्ता खरेलको राय

हिमालय टिभी
२०७७ फागुन ५ गते १५:००
प्रतिनिधिसभा विघटन असंवैधानिक भएको वरिष्ठ अधिवक्ता खरेलको राय

५ फागुन २०७७ काठमाडौं । एमिकस क्युरीका रुपमा चयन भएका वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको राय दिनुभएको छ ।

वरिष्ठ अधिवक्ता खरेलले यो निर्णय सदर भए लोकतान्त्रिक प्रणाली नै ध्वस्त हुने जिकिर पनि गर्नुभयो । उहाँले प्रणाली नै ध्वस्त हुन लागेका बेला ‘एउटा कम्पन हामी पनि ल्याउँ’ भन्ने लागेको भए मात्र संसद् विघटनलाई सदर गर्न इजलासलाई आग्रह गर्नुभयो ।

नेपालको संविधानले प्रधानमन्त्रीलाई कुनै विशेषाधिकार नदिएको पनि उहाँले बताउनुभयो । संविधानमा विशेषाधिकारसम्बन्धी २ वटा मात्रै धारा रहेको जनाउँदै उहाँले कार्यपालिकालाई भने त्यस्तो कुनै अधिकार नदिइएको उल्लेख गर्नुभयो ।

हाम्रो संविधानले कल्पनै नगरेको विशेषाधिकार छ भनेर भन्न नमिल्ने उहाँले तर्क गर्नुभयो ।

बेलायतमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छ भन्दैमा त्यही कुरा यहाँ लागू नहुने उहाँको भनाइ छ । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गर्दा अराजकता मात्र आउने भन्दै वरिष्ठ अधिवक्ता खरेलले यसप्रति इजलास गम्भीर बन्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘माथिकाले सीमा नाघ्यो भने तल भएकाले पनि सीमा नाघ्छन्, त्यसैले विघटनलाई असंवैधानिक भनेर खारेज गर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *