विदेश

अमेरिकाको मध्य तथा दक्षिणी राज्यमा हिमआँधीमा परी २३ जनाको मृत्यु

हिमालय टिभी
२०७७ फागुन ५ गते ९:२३
अमेरिकाको मध्य तथा दक्षिणी राज्यमा हिमआँधीमा परी २३ जनाको मृत्यु

५ फागुन २०७७ न्युयोर्क । अमेरिकाको मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीमा परी २३ जनाको मृत्यु भएको छ ।

हिजो आएको आँधीका कारण टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीलगायत राज्यमा कम्तिमा २३ जनाको मृत्यु भएको बताइएको छ । यस्तै आँधीका कारण कोरोना खोप वितरणलाई पनि प्रभावित पारेको छ ।

यसको असर आइतबारसम्म रहने बताइएको छ । नर्थ क्यारोलाइना, ओरेगन राज्यमा पनि यसको असर परेको छ । आँधीका कारण टेक्सास राज्यका लाखौं मानिस बिजुलीबाट बञ्चित भएका छन् ।

बिजुली नभएपछि मानिसहरूले कोठा तताउन पाएका छैनन् भने इन्टरनेट सेवा पनि बन्द भएको छ । तापक्रम माइनसमा झरेपछि सडकमा गाडी चलाउन पनि कठिन भएको छ ।

चिसो मौसम र तीव्र हावाले अधिकारीहरूलाई मागअनुसार बिजुली आपूर्ति गर्न कठिनाइ भएको हो । हिमआँधीको असर छिमेकी मेक्सिकोमा पनि देखिएको छ ।

त्यहाँका विभिन्न राज्यहरूमा पनि विद्युत सेवा अवरूद्ध भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रभावित राज्यहरूमा आपतकालीन सहयोग गर्न निर्देशन दिनुभएको छ । अमेरिकाको राष्ट्रिय मौसम सेवाका अनुसार अहिले देशको ७३ प्रतिशत भाग हिउँले ढाकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *