Main News

आज दिउँसोका लागि बोलाइएको बाग्मती प्रदेशसभाको बैठक स्थगित

हिमालय टिभी
२०७७ फागुन ५ गते ९:११
आज दिउँसोका लागि बोलाइएको बाग्मती प्रदेशसभाको बैठक स्थगित

५ फागुन २०७७ हेटौंडा । बाग्मती प्रदेशसभाको बैठक स्थगित गरिएको छ । आज दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक सभामुख सानकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्नुभएको हो ।

बिहान ६ बजेर ३५ मिनेटमा सूचना जारी गर्दै सभामुख श्रेष्ठले विशेष कारण देखाउँदै बैठक स्थगित भएको जानकारी सांसदहरुलाई दिनुभएको छ । सत्तारुढ नेकपाका प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदले प्रधानमन्त्री ओली समूहका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएसँगै बाग्मती प्रदेशसभाको बैठक पेचिलो बनिरहेको छ ।

हिजो प्रचण्ड–नेपाल समूहको दबाब र सर्वदलीय बैठकपश्चात् प्रदेशसभा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएका सभामुख श्रेष्ठले सत्तापक्षको दबाबका कारण पुनः बैठक स्थगित गर्नुभएको हो ।

यसअघि माघ १९ गतेका लागि तय भएको बैठक मुख्यमन्त्रीको दबाबमा अघिल्लो राति सूचना जारी गर्दै सभामुख श्रेष्ठले फागुन ५ गतेसम्मका लागि स्थगित गर्नुभएको थियो ।

पुस १० गते प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो ।प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्रीले आफू वरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको सामना गर्ने बताए पनि प्रदेशसभामा भने रोक्न कोसिस गरिरहेका छ ।

प्रदेशसभा सचिवालय स्रोतका अनुसार अविश्वासको प्रस्तावको विषयमा दलगत रुपमा धारणा राख्ने गरी तयारी गरिएको भए पनि सत्तापक्षबाटै सदन अवरुद्ध हुने संकेत आएपछि बैठक स्थगित गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *