Main News

भागरथी हत्या र बलात्कारमा संलग्न भट्ट पक्राउ, आज सार्वजनिक गरिँदै

हिमालय टिभी
२०७७ फागुन ५ गते ७:२०
भागरथी हत्या र बलात्कारमा संलग्न भट्ट पक्राउ, आज सार्वजनिक गरिँदै

५ फागुन २०७७ बैतडी । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न अभियुक्त आज सार्वजनिक गरिँदैछ ।

बैतडीकी दोगडाकेदार गाउँपालिका–७ की भागरथी बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।

कक्षा १२ मा अध्ययनरत भागरथीको माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो । दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भागरथीको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा सडकबाट ५० मिटर तल शव भेटिएको थियो ।

घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका भट्टले भागरथीको बलात्कारपछि हत्यामा आफ्नो संलग्नता स्वीकार गरेकाले प्रहरीले आज सार्वजनिक गर्ने तयारी गरेको हो ।

भट्टले घटनामा संलग्नता स्वीकार्दै बदला लिन हत्या गरेको साबिती बयान दिएका छन् ।

हिजै प्रहरीले घटनामा संलग्न हुनसक्ने आशंकामा कञ्चनपुरबाट एक जना सरकारी कर्मचारीलाई पक्राउ गरेको थियो । घटनामा उनी संलग्न भएको हुनसक्ने आधारहरु देखिएको प्रहरीको दाबी थियो ।

तर उनले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै डीएनए परीक्षण गर्न चुनौति दिएका थिए । त्यही कारण थप प्रमाण खोज्न जुटेको प्रहरीले आज भट्टलाई अभियुक्तका रुपमा सार्वजनिक गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *