Main News
हनुमानढोका दरबारमा वसन्त श्रवण
२०७७ फागुन ४ गते १७:०९
४ फागुन २०७७ काठमाडौं । वसन्त पञ्चमी पर्वका अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिएको छ ।
हनुमानढोकामा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्नुभएको हो ।
वसन्त श्रवण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नी सापकोटा, नेपाल सरकारका मन्त्री लगायत उच्च अधिकारीको सहभागिता रहेको थियो ।
वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने गरेकामा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुने गरेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार आज बिहान दश बजेर १७ मिनेटमा हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको राखिएको थियो ।
प्रतिक्रिया