Main News

खोप लगाएकामा सामान्य असर देखिनुलाई खोपले काम गरेको रुपमा लिन विज्ञको आग्रह

हिमालय टिभी
२०७७ फागुन ३ गते १८:४८
खोप लगाएकामा सामान्य असर देखिनुलाई खोपले काम गरेको रुपमा लिन विज्ञको आग्रह

३ फागुन २०७७ काठमाडौं । कोरोनाविरुद्धको खोप लगाएकालाई सामान्य असर देखिनुलाई खोपले काम गरेको रुपमा बुझ्न विज्ञहरुले आग्रह गरेका छन् ।

स्वास्थ्य पत्रकार मञ्चले काठमाडौंमा आज गरेको छलफलमा सहभागी विज्ञहरुले खोप लगाएकालाई टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने, वाकवाकी लाग्ने लगाएतका प्रतिक्रिया हुनु सामान्य भनेका छन् । यसलाई खोपले काम गरेको संकेतका रुपमा बुझ्न उनीहरुको आग्रह छ ।

कोरोनाको पहिलो मात्राको खोप लगाउँदा देखिएको असर, दोस्रो पटक खोप लगाउँदा कम हुने विज्ञहरुको भनाइ छ ।

कोरोना खोप लगाएपछि कोरोनाबाट हुने मृत्युदर घट्ने, सिकिस्त हुनबाट जोगिने भएकाले सबैलाई खोप लगाउन पनि विज्ञले आग्रह गरेका छन् ।

नेपालमा माघ १४ गतेदेखि खोप अभियान शुरु भए पनि खोप अभियानमा उत्साहजनक सहभागिता भने देखिएको छैन । नेपालमा प्रयोग भैरहेको कोभिशिल्डको प्रभावकारिता ७८ प्रतिशत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *