Main News

ललिता निवास प्रकरणः पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईमाथिको मुद्दाबारे सर्वोच्चले माग्यो प्रमाण

हिमालय टिभी
२०७७ फागुन २ गते १७:०८
ललिता निवास प्रकरणः पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईमाथिको मुद्दाबारे सर्वोच्चले माग्यो प्रमाण

२ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरूद्ध मुद्दा चलाउने वा नचलाउने विषयमा प्रमाण मागेको छ।

न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुँयालको इजलासले आज सुनुवाइ गर्दै प्रमाण बुझ्ने आदेश गरेको हो। अख्तियारले विशेष अदालतमा मुद्दा दर्दा गर्दा तयार पारेको अभियोग पत्रको प्रमाणित कपी झिकाउन आदेश भएको छ ।

ललिता निवास प्रकरणमा अख्तियारले नीतिगत निर्णय मात्र गरेको भन्दै तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा नचलाउने निर्णय गरेको थियो ।

तर सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने निर्णय गरेकाले भ्रष्टाचार मुद्दा चलाउन आदेश माग्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले २०७६ साल माघ २९ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *