विदेश
बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा १४ जनाको मृत्यु
२०७७ फागुन २ गते १४:१०

२ फागुन २०७७ नयाँ दिल्ली । भारतको आन्ध्र प्रदेशमा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।
आन्ध्र प्रदेशको कर्नुल जिल्लाको मदरपुर गाउँमा आज बिहान बस र ट्रक ठोक्किँदा बस चालकसहित १४ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मृतकमा आठ जना महिला, चालकसहित पाँच जना पुरुष र एक बच्चा रहेका छन् । त्यस्तै चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
तीर्थयात्री बोकेको बस अनियन्त्रित भएर ट्रकसँग ठोक्किएको प्रहरीको प्रारम्भिक भनाइ छ ।
प्रतिक्रिया